You are viewing the translated version of विश्वविद्यालय परिषद्का मनोनीत सदस्य पदमुक्त हुनेः.

Section 7A
विश्वविद्यालय परिषद्का मनोनीत सदस्य पदमुक्त हुनेः
(१) देहायको अवस्थामा विश्वविद्यालय परिषद्को मनोनीत सदस्य आफ्नो पदबाट पदमुक्त हुनेछः-

(क) निजको दफा ७ को उपदफा (७) बमोजिमको योग्यता नभएमा वा नरहेमा, (ख) निजले पदबाट राजीनामा दिएमा, (ग) निजको मृत्यु भएमा ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यको कार्यसम्पादन सन्तोषजनक नभएमा विश्वविद्यालय परिषद्ले त्यस्तो व्यक्तिलाई पदबाट (हटाउन सक्नेछ ।

तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाइ पेस गर्ने मनासिब मौका दिनु पर्नेछ।